राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० टेबुल भएको छ।
राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुई विधेयक टेबुल गरेका छन्।
राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी छ। जसअन्तर्गत आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि छुट्याइएको बजेटबारे छलफल भइरहेको छ।
बैठकमा आज छलफलका लागि तोकिएका मन्त्रालयको बजेट कटौतीको प्रस्ताव पनि प्रस्तुत गरिएको छ।