आइसिजेले असदको मूल प्रवाहीकरणमा सुस्तता ल्याउनेछ

मंगलबार, १९ असार, २०८०
डिजिटल संस्करण

सिरियाका राष्ट्रपति बसर अल–असदले अहिले उन्मुक्ति पाइरहेका छन् । आफ्नो सत्ताले जनताविरुद्ध गरेका अनगिन्ती अपराधमा न्यायको कठघरामा उभिनुपर्नेमा यी सिरियाली तानाशाह विदेशी नेतासँग मेलमिलापको सौदाबाजीमा व्यस्त छन् । सन् २०११ मा सिरियाली गृहयुद्ध सुरु भएको थियो । त्यसयता भएका प्रत्येक मानवअधिकार उल्लंघन र अन्तर्राष्ट्रिय अपराधले अन्तर्राष्ट्रिय कानुनमा निहित सबै अपराधको मापदण्ड पूरा गरेका छन् र यी दोहोरिइरहेका पनि छन् । कुनै समय थियो, जब यी अत्याचार र सिरियाबाट भागेका नागरिकको निराशाजनक दुर्दशाले विश्वको ध्यान खिचेको थियो, तर हालैका वर्षमा यस्तो देखिँदैन । यसकारण सिरियामा भएका अत्याचारका लागि मागिने जवाफदेहिता क्षणिक हुनु अचम्मको विषय होइन ।

युद्धअपराध, मानवताविरुद्धको अपराध र नरसंहारजस्ता अपराध आफ्नो अधिकार क्षेत्रमा पर्ने अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) लाई सिरियामा भएका अत्याचारमाथि अनुसन्धान गर्नबाट पहिला अमेरिकाले अवरोध ग¥यो र अहिले चीन र रुसले अवरोध गरिरहेका छन् । युरोपेली राष्ट्रले सिरियाली युद्धअपराधीलाई आफ्नो न्याय क्षेत्रमा आफ्नो कानुनी अधिकार प्रयोग गर्दै अनुसन्धान गरेका धेरै उदाहरण छन्, तर यी अभियोजन सिरियामा भएका अत्याचारको व्यवस्थित र व्यापक चरित्रलाई सम्बोधन गर्न असफल भएका छन् । क्यानडाले सिरियाको इस्लामिक स्टेटमा संग्लग्न हुँदै मानवताविरुद्धको अपराध र युद्धअपराधमा भागिदारी जनाएका आफ्नै सन्दिग्ध नागरिकका लागि कानुनी सेवा उपलब्ध गराउनसमेत इन्कार गरेको छ । 

हालै क्यानडा र नेदरल्यान्ड्सले सिरियाविरुद्ध अन्तर्राष्ट्रिय न्यायालय (आइसिजे)मा कानुनी कारबाही सुरु गरेको घोषणा गरेका छन् र यो घोषणा विशेष रूपमा उल्लेखनीय छ । क्यानडाका अनुसार ऊ दमास्कसलाई यातनाविरुद्धको संयुक्त राष्ट्रसंघको महासन्धिअन्तर्गत ‘सन् २०११ देखि सिरियाली जनतामाथि भएका असंख्य मानवअधिकार उल्लंघनका लागि’ कानुनी रूपमा जिम्मेवार ठहर्याउन चाहन्छ । 

क्यानडा र नेदरल्यान्ड्सको प्रयासले असद कुनै न कुनै दिन संकुचित हुनेछन् र उनका साझेदार युद्धअपराधीलाई काँधमा बोक्दाबोक्दा थकित हुनेछन्
 

कानुनी सुनुवाइ गर्मीयामको अन्त्यमा सुरु हुने सम्भावना छ र असद सत्ताले यातना दिएका, अपांग बनाइएका र हत्या गरिएका हजारौँ सिरियालीलाई सुनुवाइले बिर्सिनेछैन भन्ने आशा छ । सुनुवाइले मानवताविरुद्धको अपराधको जवाफ दिन असदलाई अन्तर्राष्ट्रिय अदालतमा घसिट्नेछ भन्ने होइन । बरु क्यानडा र नेदरल्यान्ड्सले ‘विश्व अदालत’मा सिरियाले यातनासम्बन्धी कानुन पालना गरोस् भन्ने प्रत्याभूतिका लागि मुद्दा चलाउँदै छन् ।

विशेषतः यी दुई मुलुकले आइसिजेले ‘सिरियाले निरन्तर उल्लंघन गरिरहेको यातनाविरुद्धको महासन्धिअन्तर्गत सिरियाभित्र रहेका मानिसको जीवन, भौतिक एवं मानसिक स्वास्थ्यको रक्षा गर्न वा यातना र अन्य क्रूर, अमानवीय वा अपमानजनक व्यवहार वा सजाय पाउने जोखिममा रहेका’ सिरियाली नागरिकको ‘अधिकारको संवद्र्धन एवं संरक्षण गर्न’ आदेश जारी गरोस् भन्ने चाहन्छन् । दमास्कसले कस्तो प्रतिक्रिया दिन्छ, त्यो हेर्न भने बाँकी नै छ । दमास्कसले कारबाहीलाई पूर्ण रूपमा बेवास्ता गर्न सक्छ वा आफ्नो स्थिति व्याख्या गर्ने प्रयासमा म्यानमारले रोहिंग्या नरसंहार मामिलामा आइसिजेमा जनाएझैँ आपत्ति जनाउन सक्छ । 

क्यानडा र नेदरल्यान्ड्सको कदम हेर्दा प्रतीकात्मक देखिन सक्छ । तर, प्रतीक महत्वपूर्ण छ । न्याय सधैँ नतिजामा मापन हुँदैन । प्रक्रिया पनि महत्वपूर्ण हुन्छ । पश्चिमा जगत्को ध्यान युक्रेन मामिलामा केन्द्रित भए पनि आइसिजे मुद्दाले क्यानडा र नेदरल्यान्ड्स असद सत्ताको हिंसाबाट पीडित र बाँच्न सफलका पक्षमा दृढतापूर्वक लागेका छन् भनेर देखाउँछ । यी दुई मुलुकले सिरियामा भएका अत्याचारका लागि न्यायलाई जीवित राखिरहेका छन् र सिरियाली जेलमा यातना व्यहोरिरहेका हजारौँ नागरिकलाई बेवास्ता गर्न अस्वीकार गरिरहेको तथ्य महत्वपूर्ण छ ।

दुःखद सत्य के छ भने असदले सिरियामा युद्ध जितेका छन् । तीन लाखभन्दा बढी सिरियाली जनता मारिएका छन्, तापनि विभिन्न राज्यले दमास्कससँग सम्बन्ध सामान्य बनाइरहेका छन् । लागुऔषधको व्यापारविरुद्ध लड्न र शरणार्थी समस्या समाधान गर्न गत महिना अरब लिगले सिरियाली राष्ट्रपतिलाई न्यानो स्वागत गरेको थियो । असदको यो फिर्तीको श्रेय उनका नजिकका साझेदार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पनि दिन सकिन्छ, किनभने पुटिनले असदको लामो समयदेखिको अन्तर्राष्ट्रिय अलगावलाई तोड्ने काम गरेका छन् ।

अन्ततः न्यायले एक दिन असदलाई न्याक्नेछ भन्ने आशालाई जीवित राख्दा उनको राजनीतिक पुनस्र्थापनालाई रोक्न नसकिएला, तर यसले पुनस्र्थापनालाई सुस्त बनाउन सक्छ । यातनाको अभियानमा सिरियालाई आइसिजेमा ल्याउने निर्णयले असदसँग व्यापार गर्ने मनसाय राख्नेहरूलाई राजनीतिक स्पेसको उपलब्धतामा रोक लगाउन मद्दत गर्नेछ । किनभने, व्यापार गर्ने मनसाय भएका मुलुकले रुसको अधीनस्थ रहने र हत्यारा राज्यसँगको सम्बन्धलाई पुष्टि गर्नुपर्नेछ ।

सुनुवाइले असदजस्ता अन्य अत्याचारी उदाहरणका लागि पुटिनलाई अत्याचारको म्याद सकिँदैन भन्ने सन्देश पनि दिन्छ ।
आइसिजेमा नेदरल्यान्ड्स र क्यानडाले चालेको कदमले असदलाई आफ्नै अत्याचारले पिरोलिराख्नेछ । अर्थात्, सिरियाका पीडित र बाँच्न सफल सार्वजनिक स्मृति र अन्तर्राष्ट्रिय अदालत दुवैमा सान्दर्भिक रहनेछन् । जवाफदेहिताको प्रक्रिया प्रायः घुमाउरो र पीडादायी रूपमा ढिलो हुने गर्छ । तर, क्यानडा र नेदरल्यान्ड्सजस्ता मुलुकको प्रयासका कारण असद कुनै न कुनै दिन संकुचित हुनेछन् र उनका साझेदार युद्धअपराधीलाई काँधमा बोक्दाबोक्दा थकित हुनेछन् । यो क्षण आएका दिन सिरियाली जनताको न्यायको इच्छा मृगतृष्णा नभई यथार्थ साबित हुनेछ ।

(क्रेस्टेन वायोमो फाउन्डेसनका परामर्शदाता र मंक स्कुल अफ ग्लोबल अफेयर्स, टोरोन्टो विश्वविद्यालयका शोधकर्ता हुन्) 
अल जजिराबाट

See More On

सुझावित समाचार