प्रदूषणबाट छालालाई जोगाउन

सोमबार, १८ असार, २०८०
डिजिटल संस्करण
  • छालामा प्रदूषणले विभिन्न असर पुर्याइरहेको हुन्छ । तनाव एवं थकानले पनि असर पुर्याउँछ । अनुहारमा पनि यसको असर देखिन्छ । त्यसैले छालाको स्याहारमा हामीले ध्यान पुर्याउन जरुरी छ । 
  • बिहान मनतातो पानीले मात्रै मुख धुने गर्नुपर्छ, त्यसपछि सनब्लक नियमित लगाउनुपर्छ । यसले घाम र प्रदूषण दुवैबाट बचाउँछ । 
  • बाहिरबाट आएपछि साँझ फेसवास र मनतातो पानीले मुख धुने गर्नुपर्छ ।
  • चिकित्सकसँग परामर्श लिएर आफ्नो छालामा सुहाउँदो मोस्चराइजर लगाउनुपर्छ । पर्याप्त पानी पिउने गर्नुपर्छ । बाहिर निस्कँदा मोस्चराइजर क्रिम र सनब्लक अनिवार्य लगाउनुुपर्छ । फलफूल खाने गर्नुपर्छ । यसले छालाको सुक्खापन कम गर्छ । 

डार्क स्किनलाई कस्तो स्याहार ?
घर अथवा अफिसको काममा हामी लामो समयसम्म कम्प्युटर, ल्यापटप र मोबाइलमा व्यस्त हुन्छौँ । यी विद्युतीय उपकरणबाट आउने प्रकाशले छालालाई  असर गर्छ । 

अफिसमा काम गर्ने अधिकांशको समय कम्प्युटरअगाडि बसेर बित्छ । यसबाट आँखावरपर डार्क सर्कल देखिन्छ । यसका लागि कम्प्युटरमै बसेका वेला दुई–दुई घन्टाको ग्यापमा मोस्चराइजर र सनब्लक लगाउन सकिन्छ । 

सुझावित समाचार