बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयबाट सम्बन्धनप्राप्त आइएसएमटी कलेजमा बिबिए, बिएचएम, बिएस्सी आइटी उत्तीर्ण तीन सय ६७ जना विद्यार्थी दीक्षित भएका छन् ।
काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा कलेज सञ्चालन गरिरहेको आइएसएमटी ग्रुपले काठमाडौंमा दीक्षान्त समारोह आयोजना गरेको हो ।