धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले ओरालो लागेको छ। आइतबार नेप्से ५३.७० अंकले ओरालो लागेर दुई हजार ९७.२९ बिन्दुमा सीमित भएको छ।
ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १२.२३ अंकले ओरालो लागेर तीन सय ९०.५२ मा सीमित भएको छ। कारोबार भएका १३ वटै उपसमूहको सेयर मूल्यमा आज गिरावट भएको छ। कुल एक करोड १३ लाख २३ हजार एक सय ८३ कित्ता सेयर रु पाँच अर्ब आठ करोड १९ लाख ७६ हजार एक सय ७९ बराबरमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा हिमालयन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा छ। सो कम्पनीको रु ४२ करोड ५६ लाख ५४ हजार सात सय सातबराबरको कारोबार भएको छ । शिवम् सिमेन्ट रु २७ करोड ५५ लाख ९६ हजार चार सय २७, सोल्टी होटेल रु २० करोड ८६ लाख ५० हजार तीन सय १६, सूर्यज्योति लाइफ इन्स्योरेन्स रु १६ करोड ६७ लाख ५७ हजार दुई सय ९२ र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको रू १४ करोड ६८ लाख ८१ हजार आठ सय ६७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।
बिपिडब्ल्यू लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ। सिटी होटेल ९.९८, एनसिसी ऋणपत्र ७.७८, लक्ष्मी इक्विटी फन्ड ५.५६ र लक्ष्मी उन्नति कोषका लगानीकर्ताले ५.४९ प्रतिशतले कमाएका छन्।
त्यस्तै, सिर्जनशील लघुवित्त ९.३२, माउन्टेन इनर्जी नेपाल ९.१२, गरिमा विकास लघुवित्त ८.०१, साधना लघुवित्त ७.५८ र गुराँस लघुवित्तका लगानकर्ताले ७.३६ प्रतिशतले गुमाएका छन्। रासस