ललितानिवास प्रकरणका आरोपीलाई सात दिन हिरासतमा राख्ने अनुमति

बुधबार, १३ असार, २०८०
डिजिटल संस्करण

ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेको आरोपीलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।

मंगलबार पक्राउ परेका पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र तत्कालीन सरकारी कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो। 

आज नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालय लगेको थियाे। 

सुझावित समाचार