विधानकाे अन्तिम मस्यौदा तयार पार्न जसपाले बनायो समिति

मंगलबार, १२ असार, २०८०
डिजिटल संस्करण

जनता समाजवादी पार्टी (जसपा)ले विधानको अन्तिम मस्यौदा तयार पार्न समिति बनाएको छ।

राजधानीमा तीन दिनसम्म चलेको विधान महाधिवेशनमा आएका सुझावहरूलाई समेटेर विधानको अन्तिम मस्यौदा तयार पार्न जसपाले समिति बनाएको हो। समितिमा ६ सदस्य छन्। 

अन्तिम मस्यौदा तयार पार्न बनाइएको समितिलाई विधान मस्यौदा प्रमाणीकरण समिति नाम दिइएको छ। समितिमा पार्टी अध्यक्ष उपेन्द्र यादव, नेताहरू राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, लालबाबु राउत, सुशीला श्रेष्ठ र दीपेद्र झा छन्।

सुझावित समाचार