अपाचे ओनर्स ग्रुप (एओजी)ले मार्सल मिट तथा आफ्नो एनिभर्सरी राइड कार्यक्रम सम्पन्न गरेको छ । टिभिएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘सामूहिक पहलद्वारा सबथोक सम्भव छ’ भन्ने भावनालाई बाइकिङ कल्चरमार्फत युवाहरूको मनमा स्थापित गर्ने लक्ष्यका साथ यो अभियान सुरु गरेको थियो ।
एओजीले काठमाडौंमा आयोजना गरेको मार्सल मिटमा देशभरबाट १५ जना मार्सलहरूको सहभागिता रहेको जनाइएको छ । उक्त कार्यक्रममा देशभरबाट आएका सबै मार्सललाई हेड मार्सल गौरवकुमार पाठकले सवारीसम्बन्धी जानकारी र सुरक्षित यात्राका लागि आवश्यक तालिम प्रदान गरेको कम्पनीले जनाएको छ । तालिमले अपाचे ओनर्स ग्रुपलाई अझ बलियो बनाएको तथा तालिमप्राप्त मार्सलद्वारा नेतृत्व गरिने भविष्यका राइडहरू थप सुरक्षित र रमाइलो बन्ने निश्चित भएको जनाइएको छ ।
साथै, कम्पनीले आन्तरिक पर्यटन प्रवद्र्धनको लक्ष्यका साथ आफ्नो एनिभर्सरी राइड पनि सम्पन्न भएको जनाएको छ । ७० भन्दा बढी राइडरहरूको सहभागिता रहेको कार्यक्रम काठमाडौंको भृकुटीमण्डपबाट सुरु भई भोटेचौरमा रहेको चियाबगान पुगी काठमाडौंमै फर्किएर समापन गरिएको जनाइएको छ ।
उक्त कार्यक्रममार्फत केही समयअघि एओजीद्वारा आयोजित मार्कयु राइडमा सहभागी भेटरान राइडर्स तथा मोटो भ्लगर्स विजय मोक्तान, प्रमोद श्रेष्ठ (गुफी), अवशिष ओझा र सागर थापालाई सम्मानपत्रका साथै मायाको चिनो प्रदान गरिएको कम्पनीले जनाएको छ ।
स्थापनाको पहिलो वर्षमै अपाचे ओनर्स ग्रुपले देशभरमा तीन हजारभन्दा बढी सदस्यहरू बटुल्न सफल भएको र हालसम्म च्याप्टर र मार्सल राइड गरी ४२ वटा राइडहरू सफलतापूर्वक सञ्चालन गरिसकेको जनाएको छ । जसमध्ये चित्लाङसम्मको नाइट राइड र सात हजार किलोमिटर लामो अन्तर्राष्ट्रिय राइडसमेत रहेको जनाइएको छ ।