पाँच वर्ष यही गठबन्धनले नेतृत्व गर्छ : प्रधानमन्त्री

सोमबार, ११ असार, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन पाँच वर्ष जाने बताएका छन्। धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको भवन समुद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले पाँच वर्षसम्म गठबन्धन रहने बताएका हुन्। 

प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले कता–कता यो सरकारको आयु कति भनेर मिडियामा हुने–नहुने चर्चा चल्ने गरेको  छ। पाँच वर्ष यो गठबन्धन केही हुनेवाला छैन, यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ।’

१८औँ शताब्दीमा कार्लमार्क्सले समाजवाद र साम्यवादको परिकल्पना गरिरहँदा दुनियाँले के भन्छ ? नसोची तिमी आफू आफ्नो उद्देश्यमा अगाडि बढ् भनेको स्मरण गर्दै उनले भने, ‘दुनियाँले के भन्छ ? त्यतातिर भन्दा पनि राम्रो गर्दै जानेतिर मेरो ध्यान छ।’ 

भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको हैसियतले आफूले राम्रो गरेको भए पनि राम्रो गरेको देखिनसहने नकारात्मक प्रवृत्ति भएकाहरूले अनावश्यक विरोध गरेको उनको भनाइ थियो। आफूले देश र जनताको पक्षमा राम्रो गर्दै जाने बताउँदै  उनले जनताका पक्षमा गरेका कामको जनताले नै फैसला गर्ने विश्वास व्यक्त गरे ।

सुझावित समाचार