सफ्टवेरिका कलेजले ह्याक द बक्ससँगको सहकार्यमा, उच्च प्रत्याशित ‘क्याप्चर द फ्ल्याग बुटक्याम्प २०२३’ कार्यक्रम सम्पन्न गरेको छ । कलेजले एएनएस इमा बुटक्याम्प आयोजना गरेको हो ।
कार्यक्रमको मुख्य उद्देश्य साइबर सुरक्षा योग्यता र ज्ञान बढाउनका लागि एक अद्वितीय अवसर प्रदान गर्नु रहेको कलेजले जनाएको छ । कार्यक्रममा सहभागी विद्यार्थीहरूले ह्याकर र डिफेन्डरजस्तै सोच्ने र आफ्ना सीपहरू विकास गर्नेजस्ता वास्तविक विश्वसँग मिल्ने साइबर सुरक्षा परिदृश्यहरू प्राप्त गरेको जनाइएको छ । दोस्रो र तेस्रो वर्षका विद्यार्थीका लागि आयोजना गरिएको प्रतियोगितामा लगभग एक सय ५० सहभागी रहेको उल्लेख छ ।
कार्यक्रममा अतिथि वक्ताहरू र ह्याक द बक्स मिटअप मेन्टरहरू शिशिर सुवेदी, निर्मल थापा, सन्तोष भण्डारी र समीप पोखरेलको उपस्थिति रहेको जनाइएको छ । उनीहरूले सहभागीलाई प्रेरित गर्नुका साथै सिटिएफ प्रतियोगितामा उत्कृष्ट हुन आवश्यक पर्ने सीपहरूबारे मार्गदर्शन दिएको कलेजले जनाएको छ ।