नेकपा विभाजन स्वचालित थियो कि परिचालित, यथार्थ विश्लेषण हुनुपर्छ : ओली

आइतबार, १० असार, २०८०
डिजिटल संस्करण
नेकपा विभाजन स्वचालित थियो कि परिचालित, यथार्थ विश्लेषण हुनुपर्छ : ओली

फाइल तस्बिर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजनको यथार्थ विश्लेषण गर्नुपर्ने बताएका छन्। आइतबार केशवप्रसाद बडालद्वारा लिखित पुस्तक सिंहावलोकनको लोकर्पण गर्दै उनले यस्तो बताएका हुन्। 

उनले नेकपा विभाजन भयो भनेर मात्रै अब नबुझ्ने भन्दै उनले विभाजनका कारणहरूको यथार्थ विश्लेषण गर्ने हो भने भविष्यलाई राम्रो हुने बताए। 

अध्यक्ष ओलीले पार्टी किन विभाजनसम्म पुग्यो ? कस्तो पृष्ठभूमिबाट विभाजनसम्म पुग्यो ? भन्ने कुराको यथार्थ नागरिकले थाहा पाउनुपर्ने आवश्यकता रहेको औँल्याए। उनले नेकपा विभाजन हुनुको कारण स्वचालित थियो वा परचालित के थियो ? त्यसको विश्लेषण जरुरी रहेको बताए। 
 
उनले भने, ‘अढाई वर्षअघि हाम्रो पार्टी विभाजन भयो, त्यो विभाजन यसले यसो भन्यो, यसो भन्यो भनेर मात्रै हुँदैन । त्यसका पछाडिका कारणहरू के थिए । उद्देश्यहरू के थिए । किन विभाजन भयो ? किन गरियो ? कस्तो पृष्ठभूमिबाट त्यो विभाजनसम्म पुग्यो ? यी कुराहरु अलिकति आउनुपर्छ । विभाजन भयो भन्ने मात्रै कुराभन्दा अलि त्यसलाई किन र कसरी, केका लागि विभाजन भयो ? के उद्देश्य थियो ? त्यसमा आन्तरिक कारण कति थियो ? बाह्य कारण कति थियो ? स्वचालित कति थियो ? परचालित कति थियो ? रिमोट कन्ट्रोल कति थियो, त्यहीँबाट बटन घुमाउने कति थियो ? यो सबै कुराको हामीले यथार्थ विश्लेषण आन्दोलनको हितका लागि गर्यौँ भने त्यसले भविष्यलाई राम्रो हुन्छ।’
 

सुझावित समाचार