कर्मचारीमाथि हातपात गर्ने वडाध्यक्षलाई कारबाही गर्न पत्राचार

शुक्रबार, ८ असार, २०८०
डिजिटल संस्करण

दाङको शान्तिनगर गाउँपालिकाले वडा नम्बर २ का वडाध्यक्ष सुनील वलीलाई कारबाही गर्न पत्राचार गरेको छ। वलीले कर्मचारीमाथि हातपात गरेको भन्दै जिल्ला प्रशासन कार्यालय दाङसँग कारबाहीका लागि पत्राचार गरिएको हो। 

कर्मचारीमाथि हातपात गरेको आरोपमा वलीलाई कानुनी कारबाहीको माग गरी बिहीबार पत्राचार गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएर कारबाहीको माग गरे। 

वडाध्यक्ष वलीले बिहीबार दिउँसो शान्तिनगर गाउँपालिकाको कार्यालयमा प्रवेश गरी शिक्षा अधिकृत सुमन पाण्डेलाई हातपात गरेको खड्काले जानकारी दिए।

खड्काका अनुसार वडाध्यक्ष वली स्थानीय शिक्षा शाखामा प्रवेश गरी एक आयोजनाको फाइल माग गरेपछि सो विषयमा विवाद उत्पन्न भएको थियो । त्यसलगत्तै वडाध्यक्ष वलीले त्यहीँ रहेका शिक्षा अधिकृत पाण्डेलाई हातपात गरेका थिए। 
 

See More On

सुझावित समाचार