अब रेमिट्यान्स रकम एनआइसी एसिया बैंकको मोबाइल बैंकिङ एपबाटै बुझ्न सकिने सुविधा

शुक्रबार, ८ असार, २०८०
डिजिटल संस्करण

एनआइसी एसिया बैंकले अब आफ्ना ग्राहकको नाममा विदेशबाट आएको रेमिट्यान्स रकम बैंकको मोबाइल बैंकिङ एपमार्फत सहजै बुझ्न सकिने सेवाको सुरुवात गरेको छ।

यो सेवा सुरु भएसँगै अब बैंकको मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले आफूलाई आएको रेमिट्यान्स रकम यसै बैंकमा रहेको निजको खातामा डिपोजिट गर्न सक्नेछन्। 

डिजिटल कारोबारमा आमग्राहकको उपस्थितिलाई थप प्रोत्साहन गर्ने  उद्देश्यले यो सेवा सुरु गरेको बैंकले जनाएको छ। रेमिट्यान्स रकम बुझ्नका लागि एनआइसी एसिया ‘मोबैंक’भित्रको ‘रेमिट्यान्स आइकन’मा ट्याप गरेर ‘रिसिभ रेमिट’भित्र आफूलाई प्राप्त रकम र ‘युनिक पिन’ राखेपश्चात् उक्त रकम जुनसुकै समयमा आफ्नो खातामा स्थानान्तरण गर्न सकिने बैंकले जनाएको छ। 

यस सेवापश्चात् ग्राहकलाई रेमिट्यान्स रकम बुझ्नकै लागि बैंकमा उपस्थित भई फारम भरेर  नगद झिक्नुपर्ने बाध्यताबाट मुक्ति मिल्नेछ। 

सुझावित समाचार