धादिङको गल्छीमोडमा भारतीय बस दुर्घटना हुँदा एकको मृत्यु, १९ घाइते

शुक्रबार, ८ असार, २०८०
डिजिटल संस्करण

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका– ७ गल्छीमोडमा भारतीय यात्रुवाहक बस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने १९ यात्रु घाइते भएका छन् । 

काठमाडौंबाट भारतको राजस्थानतर्फ जाँदै गरेको AR06E7031 नम्बरको बस आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा राजस्थाननिवासी १२ वर्षीय कल्पना पारिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए । 

डिएसपी जैसवारका अनुसार बसमा ३० जना यात्रु सवार रहेका थिए । दुर्घटनामा परी घाइते भएका १९ जनाको अवस्था सामान्य रहेको छ  । सामान्य घाइतेहरूको गल्छीस्थित स्वास्थ्य कार्यालयमा उपचार भइरहेको उनले जानकारी दिए । 

सुझावित समाचार