आइसिसी एकदिवसीय विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाल र अमेरिका भिड्दै छन् ।
टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले सुरुवातमै दुई सफलता पाएको छ । स्ट्राइक बलर करन केसीले नेपाललाई दुवै सफलता दिलाएका हुन् ।
उनले आफ्नो पहिलो ओभरको पाँचौँ र छैटौँ बलमा लगातार विकेट लिए । इन्सुइङ बलमा नब्स टेलरलाई एलबिडब्लू धरापमा पारेका उनले लगत्तै सैतेजा मुक्कामल्लालाई आरिफ सेखको हातबाट स्लिपमा समाउन लगाए।
तस्बिर : आइसिसी/गेट्टी इमेज