‘जिरी घुम्न जाउँ फिरिरि’ नारासहितको बुलेट यात्रा सम्पन्न

मंगलबार, ५ असार, २०८०
डिजिटल संस्करण

काठमाडौंदेखि जिरीसम्मको तीन दिन दुई रातको बुलेट बाइक यात्रामा दुई दर्जन राइडर यात्रामा सहभागी थिए। एक सय ८८ किलाेमिटर दूरीमा रहेको दोलखाको जिरीको पर्यटन प्रवर्द्धन गर्न उद्देश्यले  बुलेट बाइक यात्रा सम्पन्न भएको आयोजक बुलेट हाउसका सञ्चालक रमेश कार्कीले बताए।

दोलखाका विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थललगायत जिरीको पर्यटन प्रवर्द्धनका लागि यात्रा गर्न लागिएको युवा उद्यमी लीलाराम खड्का बताए। जिरी घुम्न जाऔँ फिरिरि अभियानको काठमाडौं टु जिरी बाइक टुर पर्यटन प्रवर्द्धनका लागि कोसेढुंगा हुनेछ,’ पर्यटन प्रवर्द्धन मञ्च नेपालका अध्यक्षसमेत रहेका खड्काले भने।

काठमाडौंको तिनकुनेबाट सुरु भएको यात्राले धुलिखेल–दोलालघाट–खाडीचौर–खरिढुंगा–चरिकोट–तामाकोसी–खावा हुँदै जिरी सेरोफेरो पुगेर पूर्णता पाएको थियो।

सुझावित समाचार