मिर्गौलापीडित विद्यार्थीलाई लिभरपुल विद्यालयद्वारा आर्थिक सहयोग

सोमबार, ४ असार, २०८०
डिजिटल संस्करण

नयाँ बानेश्वरस्थित लिभरपुल विद्यालयले मिर्गौलापीडित विद्यार्थी निशा कटुवाललाई आर्थिक सहयोग गरेको छ। विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थीलगायतबाट संकलित दुई लाख एक हजार एक सय रुपैयाँ निशाको अभिभावकलाई हस्तान्तरण गरिएको हो।

ओखलढुंगाको सुनकोसी गाउँपालिका– ७ च्यानमका लीलाबहादुर कटुवालकी छोरी १३ वर्षीया निशा दुवै मिर्गौला फेल भई हाल टिचिङ अस्पतालमा उपचाररत छिन्। मिर्गौला प्रत्यारोपणका लागि आर्थिक अवस्था अत्यन्तै नाजुक भएकी आफ्नी छात्रालाई विद्यालय परिवारले सहयोग गरेको हो। 

पीडित बालिकालाई सहयोग गर्न उनको परिवारले आग्रह गरेको छ। त्यसका लागि उनका बुबा लीलाबहादुर कटुवालको माछापुच्छ्रे बैंकको खाता नं ०९७०९७०१३१००००१४ मा रकम जम्मा गर्न वा आमा निर्मला कार्की कटुवाललाई ९८४९३९५४६३ मा सम्पर्क गर्न सकिनेछ।

सुझावित समाचार