संघीयता कार्यान्वयनको दृष्टिकोणले बजेट ठीक आएन : हितराज पाण्डे

आइतबार, ३ असार, २०८०
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संघीयता कार्यान्वयनको दृष्टिकोणले बजेट ठीक ढंगले नआएको बताएका छन्। आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटबारे गरेको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

उनले राष्ट्रका प्राथमिकतालाई चयन गरेर बजेट निर्माण गर्न आग्रह गरे। उनले बजेट बनाउने प्रक्रिया नमिलेको बताउँदै बजेट बनाउने प्रक्रियालाई सच्याउन आवश्यक रहेको औँल्याए। 

प्रमुख सचेतक पाण्डेले बजेटमा आएका वस्तुहरूलाई कार्यान्वयन गर्न दृढताका साथ लाग्नुपर्नेमा जोड दिए। 

सुझावित समाचार