अल्पाइनको निःशुल्क स्वास्थ्य शिविर, आठ सयको स्वास्थ्य परीक्षण

आइतबार, ३ असार, २०८०
डिजिटल संस्करण

जितपुर–सिमरा उपमहानगरपालिका– २ स्थित अल्पाइन अस्पतालद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा आठ सयभन्दा बढीले स्वास्थ्य परीक्षण गराएका छन्।

विज्ञ चिकित्सकको उपस्थितिमा आयोजित शिविरमा पाँच सय महिलासहित आठ सय ५७ जनाले स्वास्थ्य परीक्षण गराएका हुन्। शिविरमा नेपाल र भारतका दक्ष चिकित्सकद्वारा बालरोग, मुटु, रक्तचाप, हाडजोर्नी, नसा, प्रसूति, बाथ, नाक, कान, घाँटी, आँखा, थाइराइडको निःशुल्क परीक्षण गरिएको थियो।

शिविरमा डा. कृष्ण अधिकारी, डा. प्रशान्त कर्ण, डा. पुष्पराज अधिकारी, डा. उज्ज्वल दास, डा. अनिलपुकार साह, डा. सिम्पल गुप्ता, डा. प्रकाश शाह, डा. शैलेशकुमार शाह, डा. बबिता चौधरी, डा. अभिषेक ठाकुर, डा. नवीन लेखक, डा. स्लेस्मा रिजाल, डा. नीलमणि प्रियदर्शी, डा. जितेन्द्र गिरीसहित १६ चिकित्सकले स्वास्थ्य परीक्षण गरेका थिए।

शिविरमा चिकित्सकले स्वास्थ्य जाँच गर्नुका साथै परामर्श दिएका थिए । एकै स्थानमा १६ विज्ञ चिकित्सकको उपस्थितिमा शिविरको आयोजना गरिएपछि स्वास्थ्य जाँच गर्न स्थानीयको भिड लागेको थियो । अल्पाइन अस्पतालका सञ्चालक शिवकुमार शर्माले एकै स्थानमा स्वास्थ्यसम्बन्धी विभिन्न समस्याको उपचार गर्न बृहत् स्वास्थ्य शिविरको आयोजना गरिएको बताए।

उनले स्वास्थ्य शिविरलाई आगामी दिनमा निरन्तरता दिँदै जाने र सेवाग्राहीको आवश्यकताअनुसार अस्पतालले विज्ञ चिकित्सकको उपस्थितिमा स्वास्थ्य सेवा प्रवाह गर्ने बताए।

सुझावित समाचार