युगान्डाका विद्यालयमा विद्रोहीको आक्रमण, २५ जनाको मृत्यु

शनिबार, २ असार, २०८०
डिजिटल संस्करण
युगान्डाका विद्यालयमा विद्रोहीको आक्रमण, २५ जनाको मृत्यु

तस्बिर : रोयटर्स

पश्चिमी युगान्डाको एक विद्यालयमा एलाइड डेमोक्रेटिक फोर्सका सशस्त्र विद्रोहीहरूले आक्रमण गर्दा कम्तीमा २५ जनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन्।

आइएसआइएससँग सम्बन्ध रहेको एडिएफका सशस्त्र विद्रोहीहरूले शुक्रबार राति प्रजातान्त्रिक गणतन्त्र कंगाेसँगको सीमामा रहेको लुबिरिरा माध्यमिक विद्यालयमा आक्रमण गरेको प्रहरीले जनाएको छ।

युगान्डा प्रहरी बलका प्रवक्ता फ्रेड एनान्गाले ट्विट गर्दै भनेका छन्, ‘एक छात्रावास जलाइयो र खाना पसल लुटियो। हालसम्म विद्यालयबाट २५ शव निकालेर बबेरा अस्पतालमा सारिएको छ।’ अस्पतालमा उपचाररत थप आठजनाको अवस्था गम्भीर रहेको सिएनएनले जनाएको छ।

सुझावित समाचार