वडा कार्यालयद्वारा १२७ जेष्ठ नागरिकलाई सहायता सामग्री वितरण

शनिबार, २ असार, २०८०
डिजिटल संस्करण

जुम्लाको तातोपानी गाउँपालिका– ४ का १२७ जेष्ठ नागरिकलाई सहायता सामग्री वितरण गरिएको छ।

४ नम्बर वडा कार्यालयले वडाको हाँकु, गिडीखोला, गोतामवाडा र नियापानीका जेष्ठ नागरिकलाई सहायता सामग्री वितरण गरेको हो। वडाध्यक्ष अमरबहादुर रोकायाका अनुसार लक्षित वर्ग कार्यक्रमअन्तर्गत जेष्ठ नागरिकलाई हिँडडुल गर्नका लागि लट्ठी तथा हर्लिक्स र आयुर्वेदिक औषधि वितरण गरिएको हो।

एक जेष्ठ नागरिकबराबर एक हजार ८०२ रुपैयाँको लट्ठी, पाँच सय रुपैयाँको हर्लिक्स र दुई सय रुपैयाँको आयुर्वेदिक औषधि वितरण गरिएको वडा सचिव टिकराज न्यौपानेले बताए।

‘१२७ जेष्ठ नागरिकलाई तीन लाखबराबरको सहायता सामग्री वितरण गरिएको हो,’ उनले भने।
 

सुझावित समाचार