बजेट परिमार्जन गर्न सांसद सुवालको माग

शुक्रबार, १ असार, २०८०
डिजिटल संस्करण

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सांसदहरूले दिएको सुझावको आधारमा बजेट परिमार्जन गर्न सरकारसँग माग गरेका छन्। देश र जनताको हितका लागि सांसदहरूले सुझाव दिने भएकाले सोहीअनुसार बजेट परिमार्जन गर्न सरकार र सत्तारूढ दलहरू तयार हुनुपर्ने उनको तर्क थियो।

शुक्रबार प्रतिनिधिसभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद सुवालले संसदमा बजेटबारे हुने छलफलको औचित्य पुष्टि गर्न पनि सांसदहरूको सुझावअनुसार बजेट परिमार्जन गर्नैपर्ने बताए।

‘फगत कर्मकाण्ड पूरा गर्न महिनाभर चल्छ संसदभित्र बहस । यस्तो संसद्लाई चारैतिरबाट आलोचना भइरहेको छ । हामी सचेत हुन जरुरी छ । देश र जनताको हितका लागि सांसदहरूले छलफलमा राख्नुभएको सुझावअनुसार बजेट परिमार्जन गर्न सत्तापक्ष तयार हुनुपर्छ । प्रधानमन्त्री तयार हुनुपर्छ । अर्थमन्त्री तयार हुनुपर्छ । र, सम्बन्धित मन्त्रालयका मन्त्रीहरू तयार हुन जरुरी छ । बहसको औचित्य पुष्टि गर्न तयार हुन जरुरी छ।’

सुझावित समाचार