राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य रहेको बताएको हो।
राष्ट्रपति नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल भर्ना भएको उल्लेख गर्दै अस्पतालले २४ घण्टा अवलोकनमा राखी भोलिसम्म डिस्चार्ज गरिने जनाएको छ।