रुस्लानले भोड्का उत्पादनको आफ्नो यात्रामा ५०औँ वर्ष पार गरेको छ । सन् १९७३ मा स्थापना भएको रुस्लान स्थापनाकालदेखि नै गुणस्तर कायम गर्न सफल रहँदै आएको छ।
आफ्नो पाँच दशकको उपलब्धिको सम्झना गर्दै रुस्लानले आफ्नो बोतल डिजाइनलाई उत्कृष्ट, आकर्षक एवं अत्याधुनिक स्वरूप दिएको छ । आधा शताब्दीदेखि उपभोक्ताको सन्तुष्टिलाई निरन्तर पहिलो प्राथमिकता दिँदै आएको कम्पनीले जनाएको छ।
ग्राहकको चाहनालाई मध्यनजगर गर्दै सिर्जनशीलता र नयाँपन दिन विभिन्न समयमा ब्रान्डलाई परिष्कृत रूपमा उत्पादन एवं बोटलिङ गर्दै आएको कम्पनीले जनाएको छ। आगामी दिनमा पनि ग्राहकको चाहनालाई उच्चस्थान दिने रुस्लानको प्रतिबद्धता छ।