‘आलु–प्याजमा कर आन्तरिक उत्पादन बढाएर आत्मनिर्भर हुने बाटो’

सोमबार, २९ जेठ, २०८०
डिजिटल संस्करण

किसानको संरक्षण गर्न, उत्पादन बढाएर कृषिमा आत्मनिर्भर बनाउन आलु, प्याज, स्याउजस्ता कृषिजन्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाइएको अर्थमन्त्री डा. प्रकाशशरण महतले दाबी गरेका छन्। यसले स्वदेशका साना किसान संरक्षित हुने र आयात निरुत्साहित हुने अर्थमन्त्री महतले दाबी गरे। 

आगामी आर्थिक वर्षको बजेटमा उठेका प्रश्नहरूको संघीय संसदमा जवाफ दिँदै अर्थमन्त्री महतले भने, ‘सधैँ आयात गरेर देश आत्मनिर्भर कहिले बन्ने ? आयात धेरै भयो भन्ने गुनासो सबैको छ। त्यसलाई कम गर्न आन्तरिक उत्पादन बढाउनुपर्छ। आन्तरिक उत्पादन बढाउन आयातित वस्तुमा कर लगाउनुपर्छ । आन्तरिक उत्पादनलाई बढाउने कर पनि एउटा उपाय हो।’

उनले ५० लाखभन्दा कम कारोबार गर्ने किसानलाई कर नलाग्नेसमेत स्पष्ट पारे। आयात गरेर त्योभन्दा बढी कारोबार गर्नेलाई मात्रै कर लाग्ने हो।

चालू आर्थिक वर्षको १० महिनामा मात्रै आलुको आयात आठ अर्ब ८२ करोड भएको छ। त्यसतै प्याज ६ अर्ब १७ करोड र स्याउको सात अर्ब १५ करोड भएको छ। 

विदेशी अनुदान प्राप्त वस्तुसँग स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको कारण यस्ता वस्तुको आयात हरेक वर्ष बढ्दै गएको देखिएको छ।

सुझावित समाचार