नेपालमा प्रोमेटका सामग्री भित्र्याउँदै सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रालि

बिहिबार, २५ जेठ, २०८०
डिजिटल संस्करण

सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रालिले आफ्ना ग्राहकहरूसमक्ष उच्च गुणस्तरीय उपकरणको पहुँच बढाउनका निम्ति ताइबानको परिचित ‘प्रोमेट’ बान्डका सामग्री नेपाल भित्र्याएको छ।

सन् २०१७ मा स्थापना भएसँगै नेपाली बजारमा प्रवेश गरेको सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रालिले मोबाइल तथा अन्य प्रविधिका उपकरणहरूको बढ्दो मागलाई पूरा गर्दै आइरहेको छ। सेल्लुसिटी नेपाली बजारमा भिभो मोबाइल, एंकर र नोइजजस्ता मोबाइल उपकरणको आयातकर्ता र वितरक पनि हो।

पूर्वदेखि पश्चिमभर प्रभावकारी वितरण सञ्जाल भएको सेल्लुसिटीले अनलाइन माध्यमाबाट प्रोमेटका उपकरणहरू वितरण गर्ने सोच बनाउँदै दराज अनलााइन स्टोरसँगसमेत सहकार्य गरेको छ।

प्राविधिक रूपले जानकार र उच्च गुणस्तरका उपकरण खोज्ने उपभोक्ताहरूको आवश्यकतालाई पूरा गर्ने उद्देश्यले नेपालमा 'प्रोमेट' भित्र्याउन लागिएको हो। सन् २००१ मा स्थापना भएर बजारमा आफ्ना उपकरणहरू उपलब्ध गराउँदै प्रोमेटले हालसम्म लाखौँ ग्राहकहरूको माया र प्रविधि क्षेत्रका थुप्रै पुरस्कारहरू पनि प्राप्त गर्न सफल बनिसकेको छ।

नेपालमा प्रोमेटको आगमनको उत्सव मनाउन जेष्ठ २४ मा काठमाडाैंस्थित सोल्टी होटेलमा सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रालिले उद्घाटन कार्यक्रम सम्पन्न गर्दै आफ्ना अफर सार्वजनिक गरेको छ।

स्मार्टफोन केस, ब्लुतुथ स्पिकर, एप्पल मोबाइलका उपकरण, डाटा केबल, कार चार्जर, इयर पड्स, हेडफोन युएसबी हबलगायतका सम्पूर्ण उपकरणमा २४ महिना र स्मार्ट वाचमा १२ महिनाको वारेन्टी दिँदै जेष्ठ ३२ सम्मको उद्घाटन अवधिभर दराज फ्लास सेलमार्फत आफ्ना सामग्री खरिद गर्ने दुईजनालाई सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रालिले एक–एक वटा सुनको सिक्का दिनेछ।

त्यस्तै, पहिलो १५० ग्राहकलाई ३० प्रतिशत छुट र लक्की ड्रमार्फत ५ जनालाई प्रोमेटका सामाग्री केवल ९९ रुपैयाँमा प्रदान गर्ने योजना पनि यसले ल्याएको छ। एक हप्ता लामो यो अफर दराज अनलाइन स्टोरमा फ्लास सेल नामले जेष्ठ ३२ सम्म लागू रहनेछ।

सुझावित समाचार