सेयर बजारमा सामान्य सुधार, कारोबार रकम दुई अर्ब ३६ करोड

बुधबार, २४ जेठ, २०८०
डिजिटल संस्करण

सेयर बजारमा आज सामान्य सुधार भएको छ। मंगलबार २५.६६ अंकले बढेको नेप्से आज ४.६८ अंकले बढेर १९३२.३३ विन्दुमा पुगेको छ।

आज सबैभन्दा बढी व्यापार समूहको सेयर बढेको छ। नेप्सेसँगै आज कारोबार रकममा पनि सुधार भएको छ।

दुई सय ६१ वटा कम्पनीका ६५ लाख ६१ हजार कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ३६ करोड ८८ लाख रुपैयाँबराबरको कारोबार भएको छ। यसमा सबैभन्दा धेरै सोल्टी होटेलको १० करोड १३ लाख रुपैयाँको सेयर किनबेच भएको छ। 

यस दिन सबैभन्दा धेरै युनिक नेपाल लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ।

सुझावित समाचार