अर्थमन्त्रीले जवाफ दिने सहमतिपछि केहीबेरमा संसद् बैठक बस्दै

मंगलबार, २३ जेठ, २०८०
डिजिटल संस्करण
अर्थमन्त्रीले जवाफ दिने सहमतिपछि केहीबेरमा संसद् बैठक बस्दै

फाइल तस्बिर

करका दर हेरफेर आरोपबारे अर्थमन्त्रीले संसदमा जवाफ दिने सहमति भएसँगै प्रतिनिधिसभाको बैठक बस्ने भएको छ।

प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली र अर्थमन्त्री प्रकाशशरण महतबीचको छलफलपछि अर्थमन्त्रीले जवाफ दिने सहमति भएको एमाले सचेतक महेशकुमार बर्तौलाले जानकारी दिए। बैठक केहीबेरमा बस्नेछ।

बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरेको भन्दै एमाले, रास्वपा र राप्रपाले विरोध जनाएका थिए।

सुझावित समाचार