नेपाल लाइफको पोखरामा आफ्नै सुविधासम्पन्न भवन

मंगलबार, २३ जेठ, २०८०
डिजिटल संस्करण

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखराको न्युरोडमा आफ्नै सुविधासम्पन्न भवनको उद्घाटन गरेको छ ।

सोमबार आयोजित एक कार्यक्रमबीच कम्पनीका सञ्चालक समितिका सदस्यहरू कमलेश अग्रवाल, विमलप्रसाद ढकाल र कृष्णराज लामिछाने, प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेशका प्रादेशिक प्रमुख केशवराज ढकालले संयुक्त रूपमा रिवन काटेर उक्त भवनको उद्घाटन गरेका हुन्। करिब ३,२२० वर्गफिटमा फैलिएको उक्त भवनको उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख, विभिन्न सञ्चारमाध्यमका प्रतिनिधि, बिमा अभिकर्ता तथा नागरिक समाजका अगुवाहरूको उपस्थिति थियो।

उक्त सुविधासम्पन्न भवनमा गण्डकी प्रदेशको प्रादेशिक कार्यालय र पोखरा शाखा कार्यालय रहनेछ। यस कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले उपस्थित सबैलाई स्वागत गरेका थिए। उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा कम्पनीका सञ्चालक समितिका सदस्य कमलेश अग्रवालले निकट भविष्यमा नै कम्पनीले नेपालका मुख्य सहरहरूमा घरजग्गा खरिद गर्ने योजनासहित कार्यारम्भ गरिसकेको बताए।

शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाल बिमा प्राधिकरण, गण्डकी प्रदेशका प्रमुख केशवराज ढकालले नेपाल लाइफले प्रादेशिक कार्यालय स्थापना गरी नेपाल बिमा प्राधिकरणले लिएको नीतिलाई सघाएको बताए।

सुझावित समाचार