टिभिएस मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले गठन गरेको अपाचे अनर्स ग्रुप (एओजी)ले पहिलो अन्तर्राष्ट्रिय मार्क्यु राइड सम्पन्न गरेको छ । सामूहिक प्रयासले अप्ठ्यारा काम पनि सफल हुन्छ भन्ने भावनाको प्रदर्शन गर्दै एओजीले नेपाल र भारतका विभिन्न स्थानमा सात हजार किलोमिटर लामो अपाचे मोटरसाइकल र्याली गर्दै मार्क्यु राइड सम्पन्न गरेको हो ।
एओजी, बाइकिङ कल्चर प्रवद्र्धनकै निम्ति जगदम्बा मोटर्सले जनाएको छ । ‘राइड टु ओरिजिन’ उद्देश्य लिएर भारतको मैसुरमा रहेको टिभिएसको फ्याक्ट्रीसम्म पुग्ने लक्ष्य राखेको मार्क्यु राइडमा १० जना नेपाली राइडरहरूको सहभागिता रहेको थियो । राइडमा सहभागी युवा राइडरहरू बाइकिङ संस्कृतिलाई अघि बढाउनका निम्ति भ्लग र अन्य माध्यमबाट सक्रिय रहेको तथा टिभिएस अपाचे सिरिजका १६०, २०० र ३१० सिसीका मोटरसाइकको प्रयोग गरिएको कम्पनीले जनाएको छ ।
फागुन ११ गते २०७९ बाट सुरु भएको उक्त अपाचे ओनरस ग्रुप (एओजी)को माक्र्यु राइडमा नेपाललगायत, भारत र बंगलादेशका थुप्रै राइडरहरू सहभागी रहेको जनाइएको छ । काठमाडौंबाट रक्सौल हुँदै भारत प्रवेश गरेर सुरु भएको २२ दिने लामो यात्राका राइडरले भारतको प्रख्यात मोटो सोल नामक कार्यक्रममा सहभागिता जनाउनुका साथै टिभिएसको फ्याक्ट्रीको पनि भ्रमण गर्ने पनि मौका पाएको कम्पनीले जनाएको छ ।
विज्ञापन र पिएसएमार्फत कार्यक्रमलाई सहयोग गरेर नेपाल पर्यटन बोर्डले पनि यस अभियानलाई प्रभावकारी बनाउन ठूलो योगदान पुर्याएको कम्पनीले जनाएको छ । नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूलाई भारतमा प्रचार गर्न र भारतीय राइडरहरूलाई नेपाल भ्रमणका निम्ति प्रोत्साहन गर्न भारत यात्रामा निस्किएको एओजी टिमलाई नेपाल पर्यटन बोर्डको यो कदमले निकै प्रोत्साहन गरेको कम्पनीको भनाइ छ ।
काठमाडौंबाट सुरु भएको २२ दिने मार्क्यु राइड भारतको रक्सौल, गया, राउरकेला, छत्तिसगढ, गोंदिया, अमरावती, औरंगाबाद, सातारा, गोवा, उडुपी, मैसुर, बंगलौर, तिरुपति, विजयवाडा, विशाखापटनम, ब्रह्मपुर, भद्रक, कोलकाता, भागलपुरबाट रक्सौल हुँदै काठमाडौंमै आएर समाप्त भएको कम्पनीले जनाएको छ ।