फिलोडेन्ड्रोनका विशेषता...

सोमबार, २२ जेठ, २०८०
डिजिटल संस्करण

फिलोडेन्ड्रोन इन्डोर प्लान्ट्स हो । थोरै स्पेसमा हुर्काउन सकिने र आकर्षक देखिने भएकाले सहरमा धेरैले यो बिरुवा लगाउने गर्छन् । अन्य इन्डोर प्लान्ट्सजस्तै यसले पनि घरभित्रको हावालाई शुद्ध राख्न सहयोग गर्छ ।

विभिन्न टक्सिनलाई हावाबाट हटाउन सक्ने भएकाले यसलाई ‘नेचुरल एयर प्युरिफायर’का रूपमा लिइन्छ । यसले वातावरण स्वस्थ राख्छ । 

इन्डोर प्लान्ट्सले वातावरणलाई शुद्ध राख्दै शान्त बनाउने काम गर्छ । कोठाभित्रै हरियाली नियाल्न पाउँदा मानिसको मुडमा सुधार आउँछ । तनाव कम भएर जान्छ । 

आफ्नो पातमार्फत यसले मोस्चर फ्याँक्छ । जसकारण, हावामा आद्र्रताको मात्रा बढ्छ । हावा कम चल्ने र सुक्खा रहने कोठामा यसलाई रोप्नु निकै फाइदाजनक छ । 

यसले कोठालाई आकर्षक देखाउँछ । फिलोडेन्ड्रोनका पात निकै कलात्मक देखिन्छन् । 

सुझावित समाचार