आइएमई पेलाई सिसा पिसिआई डिएसएस प्रमाणीकरण

आइतबार, २१ जेठ, २०८०
डिजिटल संस्करण

आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ले ‘सिसा पिसिआई डिएसएस’ प्रमाणीकरण प्राप्त गरेको छ । यो प्रमाणीकरणबाट आइएमई पे नेपालकै सबैभन्दा सुरक्षित तथा भरपर्दो विद्युतीय भुक्तानी माध्यम बन्न सफल भएको कम्पनीले जनाएको छ ।

स्थापनाकालदेखि नै सेवाग्राहीको व्यक्तिगत जानकारी तथा विवरणहरूको विशेष सुरक्षा गर्दै आएको आइएमई पेले केही समययता सिसा इन्फर्मेसन सेक्युरिटीमार्फत पिसिआई डिएसएसको मापदण्ड पूरा गरी सो प्रमाणीकरण प्राप्त गरेको हो । 

सो प्रमाणीकरण प्रत्येक वर्ष हुने अडिटपश्चात् नवीकरण गरिन्छ । यसै क्रममा यो वर्ष पनि आइएमई पेले सिसा पिसिआई डिएसएस प्रमाणका सम्पूर्ण मापदण्डहरू पुर्याएर नवीकरण गरेको छ । आइएमई पेले अन्तर्राष्ट्रियस्तरको सुरक्षा प्रदान गर्दै ग्राहकवर्गको निजी तथा संवेदनशील जानकारीहरूको गोपनीयता कायम गर्नुका साथै डाटा उल्लंघन हुनबाट जोगाउने क्षमता भएका कारण सो प्रमाणीकरण प्राप्त गरेको हो ।

सुझावित समाचार