सांसद विकास कोषको रकमले कक्षा ११ र १२ निःशुल्क गर्न अनेरास्ववियुको माग

बिहिबार, १८ जेठ, २०८०
डिजिटल संस्करण

नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले सांसद विकास कोषलाई छुट्याइएको रकम कक्षा ११ र १२ को शिक्षा निःशुल्क गराउने कार्यमा खर्च गर्न रुलिङको माग गर्दै सभामुखको ध्यानाकर्षण गराएको छ। 

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले भ्रष्टाचारको प्रमुख कारक प्रमाणित भई बन्द गरिएको सांसद विकास कोषलाई फिर्ता गरी उक्त रकम कक्षा ११ र १२ को शिक्षालाई निःशुल्क गराउने कार्यमा खर्च गराउन माग गरेको हो। अनेरास्ववियुले बिहीबार सभामुख देवराज घिमिरेलाई ध्यानाकर्षण-पत्र बुझाउँदै यसका निम्ति सरकारलाई रुलिङ गर्न आग्रह गरेको छ।

ज्ञापन-पत्र बुझाउँदै अनेरास्ववियुका अध्यक्ष समिक बडालले देशको अर्थतन्त्र शिथिल भएको वेलामा सांसद विकास कोषको नाममा ५/५ करोड वितरण गर्नुले सांसदहरू जनउत्तरदायी नभएको कुरालाई पुष्टि गरेको दाबी गरे।

सुझावित समाचार