प्रधानमन्त्री प्रचण्डद्वारा महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण

बिहिबार, १८ जेठ, २०८०
डिजिटल संस्करण

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर पुष्पगुच्छा अर्पण गरेका छन्। 

चारदिने औपचारिक भ्रमणका लागि बुधबार भारत प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड र समकक्षी नरेन्द्र मोदीबीच आज औपचारिक भेटवार्ता गर्ने कार्यतालिका छ। 

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच बिहीबार बिहान हैदराबाद हाउसमा द्विपक्षीय हित र चासोका विविध विषयमा औपचारिक वार्ता हुने कार्यक्रम छ।

बुधबार साँझ मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशसचिव विनयमोहन क्वात्राले प्रधानमन्त्री प्रचण्डसँग भेट गरी नेपाल र भारतका प्रधानमन्त्रीबीच हुने औपचारिक वार्ताका एजेन्डा र भारतको सुरक्षाचासोबारे जानकारी दिएका छन्। 

तस्बिर :  प्रदीपराज वन्त

सुझावित समाचार