वृद्धावस्थामा स्वास्थ्यको ख्याल

बुधबार, १७ जेठ, २०८०
डिजिटल संस्करण

वयस्कको दाँजोमा वृद्धवृद्धाले आफ्नो स्वास्थ्यको ख्याल धेरै गर्न आवश्यक छ । विशेषगरी, ६० वर्ष कटेपछि मानिसले आफ्नो शारीरिक र मानसिक स्वास्थ्यको विशेष ख्याल गर्नुपर्छ । अन्यथा, विभिन्न रोगले सताउन पनि सक्छ । 

आफ्नो क्षमताअनुसार दैनिक हिँडडुल गर्न सकिन्छ । तर, शरीर कमजोर हुने भएकाले भारी व्यायाम गर्नुहुँदैन । निष्क्रिय भएर एक ठाउँमा बसिरहनुभन्दा पनि आफूले गर्न सक्ने सानातिना काम गर्न उचित हुन्छ । यसले शारीरिक कसरत हुन्छ । शरीरको मोबिलिटी र स्ट्रेन्थ कायम राख्न योगाभ्यासलगायतका गतिविधि गर्न सकिन्छ । 

प्रेरक पुस्तकहरू अध्ययन गर्ने, लेख्ने, सामाजिक अन्तक्र्रिया÷गतिविधिमा सहभागी हुने, ध्यान गर्नेलगायत बानीले मानसिक स्वास्थ्यलाई सुदृढ राख्छ । त्यसैगरी, शरीर ऊर्जाशील राख्न र रोगबाट बच्न पोषणयुक्त आहार जरुरी छ । आइरन, भिटामिन, क्यालोरी पाइने खानेकुरा नियमित सेवन गर्नुपर्छ । साथै, हरियो सागपात, माछा–मासु, अन्डा, गेडागुडी, मौसमी फलफूल खानु आवश्यक हुन्छ ।

उमेर बढ्दै गएसँगै कतिपयमा अनिद्राको समस्या देखा पर्न थाल्छ । अनिद्राले शारीरिक थकानका साथै अन्य रोग लाग्ने सम्भावना हुने भएकाले सुत्ने समय व्यवस्थित गर्नुपर्छ । हरेक दिन एकै समयमा सुत्ने र उठ्ने गर्नुपर्छ ।

सकारात्मक रहने, आफूलाई मन पर्ने काममा रमाउने गर्नाले अर्थपूर्ण र रमाइलो जीवन बाँच्न सकिन्छ । यो उमेरमा नियमित स्वास्थ्य चेकअप अति जरुरी छ । जसकारण, कुनै समस्या देखिए पनि समयमै पहिचान गर्न सकिन्छ । डाक्टरको सल्लाहअनुसार आवश्यक परेका औषधि नियमित सेवन गर्नुपर्छ । 

See More On

सुझावित समाचार