दुई वर्षमा सबैलाई बिजुली, प्रतिव्यक्ति खपत ४५० युनिट पुर्‍याइने

सोमबार, १५ जेठ, २०८०
डिजिटल संस्करण

सरकारले आगामी दुई वर्षमा सबै नागरिकलाई विद्युतको पहुँचमा पुर्याउने घोषणा गरेको छ। 

अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो उल्लेख गरेका हुन्। 

उनले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा आगामी आवमा प्रतिव्यक्ति विद्युत खपत ४५० युनिट पुर्याउने भनिएको छ।

सुझावित समाचार