आगामी आवमा हुम्ला सदरमुकाममा मोटरबाटो पुर्‍याइने

सोमबार, १५ जेठ, २०८०
डिजिटल संस्करण

सरकारले आगामी आर्थिक वर्षमा हुम्लाको सदरमुकाम सिमकोटमा मोटरबाटो पुग्ने बताएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

नेपालका ७७ जिल्लामध्ये हुम्ला सदरमुकाममा मात्रै सडक सञ्जालमा जोडिन बाँकी छ। त्यसलाई आगामी आवमा सडक सञ्जाल जोडिने उनको भनाइ छ। हाल त्यसको लागि नेपाली सेनाले बाटो खन्ने काम गरिरहेको छ।

सिमकोटालाई सडक सञ्चालनमा जोड्ने भनेर हरेक वर्षको बजेटमा घोषणा हुने गरेको छ। तर, पनि सिमकोटमा सडक सञ्जाल पुग्न सकेको छैन।

सुझावित समाचार