गणतन्त्र दिवसमा रामेछापका पाँच कैदीबन्दी रिहा

सोमबार, १५ जेठ, २०८०
डिजिटल संस्करण

१६औँ गणतन्त्र दिवसको अवसरमा कारागार कार्यालय रामेछापबाट पाँचजना कैदीबन्दी रिहा भएका छन्। विभिन्न मुद्दामा कारागार जीवन बिताउँदै आएका रामेछापका पाँचजना कैदीबन्दी रिहा भएका हुन्। 

जिल्ला कारागार कार्यालय रामेछापले अदालतले तोकेबमोजिम आधा जेलजीवन बिताइसकेका सातजना कैदीबन्दीलाई आममाफी मिनाहा दिन सिफारिस गरेकोमा राष्ट्रपति कार्यालयवाट पाँचजनाको मात्रै कैद मिनाहा भएर आएको कारागार कार्यालय रामेछापका जेलर रूपलाल तामाङले जानकारी दिए। 

उनका अनुसार जेलमुक्त हुनेमा कर्तव्य ज्यान मुद्दाका मन्थली नगरपालिका– ९ पुरानागाउँका नवराज भनिने सञ्जय तामाङ, उदयपुरका कैला भनिने परमेश्वर सदा, रामेछापको दोरम्बा शैलुङ– ४ गौश्वाराका विनोद योञ्जन रहेका छन्।

यसैगरी, सवारी ज्यान मुद्दाका रामेछापको लिखुतामाकोसी– १ दुरागाउँका दीपेन्द्र थापा र कविलवस्तुका सन्दीप मौरियाले कैद सजाय मिनाहा पाएको कारागार कार्यालय रामेछापले जनाएको छ। 
 

See More On

सुझावित समाचार