‘इच्छुक’ स्मृति दिवसमा प्रभातफेरी

शनिबार, १३ जेठ, २०८०
डिजिटल संस्करण

२१औँ कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपालले आज यहाँ प्रभातफेरी आयोजना गरेको छ। १९औँ केन्द्रीय साधारणसभाको अवसरमा सेन्टरले कार्यक्रमस्थल शंखरापुर नगरपालिकाको साँखुमा प्रभातफेरी आयोजना गरेको हो। 

प्रभातफेरीमा सेन्टरका केन्द्रीय नेतृत्वलगायतको सहभागिता रहेको थियो। प्रेस सेन्टरले प्रत्येक वर्ष जेठ १३ गतेका दिन कवि, पत्रकार तथा लेखक इन्छुकको स्मरणमा विविध कार्यक्रमको आयोजना गर्दै आएको छ।

आजै प्रेस सेन्टरको साधारणसभाको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन्। 

सुझावित समाचार