प्रतिनिधिसभा बैठकमा सांसदहरुको ई–हाजिरीको तयारी गरिएको छ। इ–हाजिरीका लागि सबै सांसदहरूको बायोमेट्रिक लिन सुरु गरिएको छ।
संसद् सचिवालयले सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानाबाट बायोमेट्रिक लिन सुरु गरेको हो। यो सकिएसँगै प्रतिनिधिसभामा विद्युतीय हाजिरी सुरु हुनेछ। राष्ट्रिय सभामा यसअघि नै इ–हाजिरी सुरु भइसकेको छ।