माइलेज बढाउन...

सोमबार, ८ जेठ, २०८०
डिजिटल संस्करण
  • बिहानको समयमा मोटरसाइकल तथा कार स्टार्ट गरेपछि एक्सिलेटर दबाइरहनु हुँदैन । स्टार्ट गरेपछि एक्सिलेटर नदबाई छाडिदिनुपर्छ । त्यसपछि इन्जिनको टेपरेजर गेज हेर्नुपर्छ । 
  • टेपरेजर गेजको सुई थोरै माथि उठेको छ भने इन्जिन २०–३० डिग्री सेल्सियस तात्यो भन्ने बुझ्नुपर्छ । अनि, सवारीसाधन चलाउन सकिन्छ । 
  • इन्जिनको नियमित परीक्षण गरी ठीक अवस्थामा राखे ६ प्रतिशतसम्म राम्रो माइलेज पाउन सकिन्छ । 
  • इन्जिनबाट कालो धुवाँ निस्कन्छ भने तेल बढी खपत भइरहेको छ भन्ने बुझ्नुपर्छ । र, तत्कालै परीक्षण गर्नुपर्छ ।
  • सही गियरमा सवारीसाधन चलाउँदा २० प्रतिशतसम्म राम्रो माइलेज पाउन सकिन्छ । 
  • कच्ची र अप्ठ्यारो बाटोमा दौडिँदा तल्लो गियर र सहरी क्षेत्रमा दौडिँदा माथिल्लो गियर प्रयोग गर्नुपर्छ ।
  • सवारीसाधनलाई नियमित रूपमा ४० देखि ५५ किलोमिटर प्रतिघन्टाको औसतमा दौडाइरहने हो भने ४० प्रतिशतसम्म राम्रो माइलेज पाइन्छ । 
See More On

सुझावित समाचार