एक वर्षअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् भवन पुग्दा निकै तामझाम र सुरक्षा व्यवस्था कडा पारिएको थियो।
हरेकजसो सवारीपछि उनको आलोचना हुने गरेको थियो। पैदलयात्रीलाई भिभिआइपीको सुरक्षामा चुनौती थपेको भन्दै प्रहरीले लाठीचार्जसमेत गरेका घटना छन्।
तर, नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेल नियुक्त भएसँगै उनले विवादमा तानिँदै आएको सवारी व्यवस्थापनलाई सामान्य बनाए। उनी प्रायः नागरिकसँगै सडक खाली नगरीकनै सामान्य सवारीमा हिँड्ने गरेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले आव २०७९८० को नीति तथा कार्यक्रम प्रस्तुत जेठ १० गने प्रस्तुत गरेकी थिइन्।