सरकारले जडीबुटीको उत्पादनलाई व्यावसायिक रूपमा अघि बढाउने भएको छ। त्यसका लागि जडीबुटी पाइने तथा उत्पादन हुने वन क्षेत्रलाई भाडामा लगाउने सरकारको घोषणा छ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदमा आगामी आ.व ०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन्।