शरणार्थी प्रकरणमा सरकारले खुट्टा कमाउनुहुँदैन : सांसद शर्मा

शुक्रबार, ५ जेठ, २०८०
डिजिटल संस्करण

सत्तारूढ माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाई दृढतापूर्वक अघि बढ्न सरकारलाई आग्रह गरेका छन्। 

शुक्रबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सो प्रकरणमा सरकारले उठाएको कदम स्वागतयोग्य रहेको उल्लेख गर्दै त्यसलाई दृढतापूर्वक अघि बढाउनुपर्ने बताए। 

सांसद शर्माले मुलुकको सुशासनका लागि पुँजीगत खर्च समयमै हुने गरी आवश्यक कानुन बनाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए। साधारण खर्च हुने, तर पुँजीगत खर्च ५० प्रतिशत पनि नहुने कुराले मुलुकको सुशासन र समृद्धि हुन नसक्ने सांसद शर्माको भनाइ थियो। 

उनले निर्वाचन प्रणालीले सबै राजनीतिक दलमा विकृति र विसंगति भित्र्याएको उल्लेख गर्दै त्यसलाई संशोधन गरेर अघि बढ्न पनि सबै राजनीतिक दलहरू अग्रसर हुनुपर्ने बताए।  शर्माले यही बजेट अधिवेशनमा पुँजीगत खर्च बेलैमा हुने गरी आवश्यक कानुनी व्यवस्था गर्न पनि सरकारलाई दबाब दिए। 

सुझावित समाचार