सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम ५ जेठमा सार्वजनिक गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आफ्नो सम्बोधनमार्फत वाचन गर्ने अभ्यास छ ।
सञ्चारमन्त्री रेखा शर्माले ५ जेठमा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी रहेको र अहिले मस्यौदा भइरहेको बताइन् ।मन्त्री शर्माले नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले नै वाचन गर्ने बताइन् ।
‘अहिलेसम्म राष्ट्रपतिले नै पढ्ने भन्ने छ । स्वास्थ्यमा समस्या आए अर्काे निर्णय होला । अहिले त्यस्तो केही आएको छैन,’ उनले भनिन् । दिल्लीमा उपचार गरेर फर्केपछि पौडेल सार्वजनिक कार्यक्रममा सहभागी भएका छैनन् ।