ड्राइभिङ गर्दा यस्तो पोजिसन

बिहिबार, २८ बैशाख, २०८०
डिजिटल संस्करण

गाडी ड्राइभ गर्दा बसाइको पोजिसन र सिट मिलेन भने ढाड दुख्ने, कुम दुख्ने, गर्दन दुख्ने समस्या देखिन सक्छ । त्यसैले कार चलाउँदा बसाइ मिल्नुपर्छ । व्यायामको कमी, कुर्सीमा बस्दाको पोजिसन नमिल्नेलगायत समस्याले ढाड दुख्ने समस्या निम्त्याउने भएकाले हामीले केही विषय ख्याल गर्न जरुरी छ । 

गाडीको सिटको पोजिसन ९० डिग्रीमा मिलाएर हिप र स्पाइन पनि ९० डिग्रीमा रहने गरी ड्राइभ गर्नुपर्छ । कुम, गर्दन पनि सीधा हुनुपर्छ । बाइकमा पनि यसरी नै सीधा रहेर ड्राइभिङ गर्नुपर्छ । निहुरिएर ड्राइभ गर्नेलाई ढाड दुख्ने समस्या देखिन्छ । 

लामो दूरीको ड्राइभ गर्दा पर्याप्त आराम पनि गर्नुपर्छ । किनभने, लामो समय निरन्तर ड्राइभ गर्दा नसामा समस्या देखिन सक्छ । लङ ड्राइभ गर्दा झन्डै तीन घन्टा सवारी कुदाएपछि कम्तीमा १० मिनेट आराम गर्नु अझ राम्रो हुन्छ । 

सुझावित समाचार