जिल्ला सरकारी वकिलको कार्यालय पुर्‍याइए खाण (फाेटाेफिचर)

बुधबार, २७ बैशाख, २०८०
डिजिटल संस्करण

भुटानी शरणार्थीको आवरणमा भएको ठगी प्रकरणमा पक्राउ परेका कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा पुर्‍याइएको छ । 

काठमाडौं प्रहरी परिसर टेकुमा प्रारम्भिक बयानपछि उनलाई जिल्ला सरकारी वकिलको कार्यालयमा पुर्‍याइएको हो । त्यसपछि उनलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिनेछ । 

खाण मैजुबहालस्थित निवासबाट आज बिहान पक्राउ परेका हुन् । 

प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलगायतका आरोपीले बयानका क्रममा पूर्वमन्त्री खाणको समेत नाम लिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । 

खाणले आफू गृहमन्त्री भएपछि पाण्डेलाई गृहसचिव बनाएका थिए । यस प्रकरणमा पाण्डेसहित १० जनालाई प्रहरीले प्रमाणसहित पक्राउ गरिसकेको छ ।

सुझावित समाचार