अर्थमन्त्री नभएपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

सोमबार, २५ बैशाख, २०८०
डिजिटल संस्करण
अर्थमन्त्री नभएपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

फाइल तस्बिर

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ। सभामा अर्थमन्त्री डा. प्रकाशशरण महत नभएको भन्दै प्रतिपक्षी दलका  सांसदहरूले विरोध जनाएपछि बैठक १५ मिनेटका लागि स्थगन गरिएको हो। 

बैठकमा आव ०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल भइरहेको थियो। छलफलकै क्रममा अर्थमन्त्री महत बैठकमा अनुपस्थित भएसँगै बैठक सञ्चालमा प्रतिपक्ष दलका सांसदहरूले अवरोध गरेका थिए।

सुझावित समाचार