- बजारमा विभिन्न ब्रान्डका ल्यापटप पाइन्छन् । हामीले आफ्नो बजेट र आवश्यकतालाई ध्यानमा राखेर खरिद गर्नु राम्रो हुन्छ ।
- कार्यालय वा घरैमा एकै स्थानमा धेरै समय बसेर काम गर्नु छ भने ठूलो साइजको ल्यापटप उपयुक्त हुन्छ । यदि ल्यापटप बोकेर घर र अफिस गरिराख्नुपर्छ भने १४ इन्चको स्क्रिन भएको ल्यापटप लिँदा बोक्न सजिलो हुन्छ ।
- आजभोलि स्क्रिन टचवाला ल्यापटप पनि बजारमा आएको छ । यसको स्क्रिनले फाल्ने रिफ्लेक्सनले आँखालाई असर गर्न सक्छ । त्यसैले धेरै बेर स्क्रिनमा बस्नुहुन्छ भने टच स्क्रिन ल्यापटप नकिन्दा नै राम्रो हुन्छ ।
- व्यापारिक प्रयोजनका लागि काम गर्नु छ वा ठूलो काम गर्नुपर्ने छ भने बिजनेस सिरिजको ल्यापटप लिँदा राम्रो हुन्छ ।
- ब्याक लिड किबोर्ड भएको ल्यापटप लिँदा राम्रो हुन्छ । यो किबोर्डमा लाइट बल्छ । त्यस्तै, लो लाइटमा पनि काम गर्न सकिन्छ ।
- सामान्य कामका लागि चार जिबी क्षमताको र्याम भए पुग्छ । आवश्यकताअनुसार र्याम बढाउन सकिन्छ ।
- ल्यापटप खरिद गर्दा कम्पनीले दिने वारेन्टीका विषयमा ध्यान दिनुपर्छ । कहिलकाहीँ राम्रै ब्रान्ड भए पनि चाँडै बिग्रन सक्छ ।