चितवन कांग्रेसका नेता एवं व्यवसायी शंकर कँडेल मृत भेटिएका छन्। कँडेल कांग्रेस चितवनका पूर्वकोषाध्यक्ष र वर्तमान महासमिति सदस्य हुन्।
भरतपुर महानगरपालिका– ३ बेलचोकस्थित आफ्नै घरमा रहेको अफिस कोठामा झुन्डिएको अवस्थामा उनी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर कार्कीले जानकारी दिए।
चितवनका सफल पोल्ट्री व्यवसायीको रूपमा परिचय बनाएका उनले अनमोल फिड्स उद्योग सञ्चालन गरिरहेका थिए ।
अहिले घटनास्थलमा प्रहरी टोली पुगेको छ। शवको मुचुल्का उठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। घटनाको थप विवरण आउन बाँकी छ।